पात्रो

रेडियो

समाचार खोजी

जापानको फुजिसावामा डुङ्गा डुब्दा कम्तीमा १० यात्रु वेपत्ता

साझा अर्थ संवाददाता ५ असोज २०८१, शनिवार

 (रासस/सिन्ह्वा) :जापानको कानागावा प्रान्तको एक सहरमा करिब १० जना यात्रु बोकेको एउटा डुङ्गा पल्टिँदा कम्तीमा १० जना वेपत्ता भएका छन् । 

फुजिसावा सहरको इनोशिमामा शनिबार करिब १० जना यात्रु बोकेको डुङ्गा पल्टिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय अधिकारीले घटना स्थानीय समय अनुसार दिउँसो करिब ४ः५० बजे भएको हो । उद्धार कार्य जारी रहेकाले यात्रुको हालको अवस्था अस्पष्ट रहेको प्रतिवेदनमा उल्लेख छ । 
 
यसैगरी, जापानको इशिकावामा भारी  वर्षाका कारण आएको बाढी र पहिरोमा परी शनिबार एक जनाको मृत्यु हुनुका साथै कम्तिमा सात जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । 

बाढीका कारण वाजिमामा भूकम्प प्रभावित सडक मर्मत गरिरहेका अन्य चार जना पनि बेपत्ता भएको भुमि मन्त्रालयका अधिकारी कोजी यामामोटोले बताउनुभएको छ  । जापानको क्योडो समाचार एजेन्सीले वाजिमामा दश जना बेपत्ता भएको जनाएको छ ।

इशिकावा सरकारका अनुसार बाढीका कारण धेरै भवनहरू डुबानमा परेका छन् सडक अवरुद्ध भएको छ भने करिब छ हजार घरहरू बिजुलीविहीन भएका छन् । 

बाढी पहिरोको खतराको बीच वजिमामा र सुजुका साथै नोटो सहरका  बासिन्दाहरूलाई घर छोडेर सुरक्षित स्थानमा जान अधिकारीहरूले निर्देशन दिएको बताएका छन् । 

277 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता