पात्रो

रेडियो

समाचार खोजी

शेयर बजारलाई आतंकित पार्ने कामभयोः मन्त्री वाग्ले

साझा अर्थ संवाददाता २३ चैत २०८२, सोमवार

काठमाडौं,२३ चैतः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारलाई आतंकित पार्ने काम भएको बताउनु भएको छ । आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँग आज भएको भेटघाटका क्रममा मन्त्री वाग्लेले सो कुरा बताउनु भएको हो । 
लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य सरकारले नराखेको स्पष्ट पार्दै उहाँले  अनैतिक कार्य गर्नेलाई मात्रै कानुनबमोजिम कारवाही गरिने उहाँले बताउनुभ भयो ।
शेयर बजार नेपाल अन्य क्षेत्र भन्दा बढी पारदशी भएको उल्लेख गर्दै यसलाई डिजिटलाइजेसनको नमूना क्षेत्रको रूपमा सरकारले यसलाई लिएको उहाँको भनाई रहेको थियो ।  । बजारमा कसैले इन्साइडर ट्रेडिङ जस्ता कार्य गरेमा भने कारवही गरिने बताउनु भयो साथै  नेप्से पुनर्संरचना प्रतिवेदन अध्ययन गरेर सुधारका कार्यहरुलाई  अघि बढाइने उहाँले आश्वासन दिनुभयो । ब्यक्ति छानेर वर्तमान सरकारले कसैलाई कारवाही गर्ने नियत नराखेको मन्त्री वाग्लले दावी गर्नु भयो ।

129 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्