पात्रो

रेडियो

समाचार खोजी

आठ कम्पनी कालो सूचिमा

साझा अर्थ संवाददाता २३ चैत २०८२, सोमवार

काठमाडौं,२३, चैत्रः ठेक्का सम्झौता बमोजिम काम नगर्ने आठ कम्पनी कालो सूचिमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ति कम्पनीहरुलाई कालो सूचिमा राखेको हो । 
कार्यालय ले ति कम्पनीहरुलाई एक देखि तीन वर्ष सम्मकालागि कालो सूचिमा राखेको छ । तीन वर्षकालागि कालो सूचिमा राखिएका कम्पनीहरुमा धुलिखेल निर्माण सेवा तथा सिल्क माकेट प्रालि रहेका छन् । यस्तै डेढ वर्षकालागि जलेश्वर ब्रदर्श कन्सट्रक्सन कालो सूचिमा परेको छ । यसैगरी देवु निर्माण सेवा, लोक निर्माण सेवा, अर्भान कन्सट्रक्सन, हिमशिखा कन्सट्रक्सन तथा दीप शिखा छापाखाना रहेका छन् । ठेक्का सम्झौता अनुसार काम नगरी कालो सूचीम परेका कम्पनीहरुले तोकिएको अवधि सम्म सार्वजनिक खरिद प्रकृयामा भाग लिन नपाउने कानुनी ब्यवस्था रहेको  ।

61 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ