पात्रो

रेडियो

समाचार खोजी

सुन तोलामा बाह्र हजार पाँच सयले  घट्यो

साझा अर्थ संवाददाता ८ चैत २०८२, आइतवार

काठमाडौँ: स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु सात हजार १२ हजार ५०० र चाँदी रु ३५५ ले घटेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५४० कायम भएको छ । 

गत शुक्रबार एक तोला छापावाल सुन रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ८९५ कायम भएको थियो । अघिल्लो दिन प्रतितोला सुन रु तीन लाख दुई हजार ३०० र प्रतितोला चाँदी  रु पाँच हजार १० मा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

47 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ