पात्रो

रेडियो

समाचार खोजी

संसद पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन काँग्रेसका पूर्व संसदहरुले प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउदै

साझा अर्थ संवाददाता १५ माघ २०८२, बिहिवार

काठमाडौँ: नेपाली कांग्रेसका पूर्व सांसदहरूले सर्वोच्च अदालतमा परेको प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिट छिटो अगाडि बढाउन प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको ध्यानाकर्षण गराउने भएका छन् ।

विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे नेतृत्वको पूर्व सांसदहरूको टोलीले आज प्रधानन्यायाधीश राउतसँग समय लिएको बताइएको छ । उनीहरूले रिट छिटो सुनुवाइका लागि ध्यानाकर्षण गराउने जानकारी दिएका छन्।

घिमिरेको नेतृत्वमा काँग्रेसका पुर्व सांसदहरुले संसद् पुनर्स्थापनाका रिट निवेदन दिएका थिए । पूर्व सांसदहरूको टोलीले सर्वोच्चमा एमालेका सांसदलाई पनि सूचना दिएको छ । 

82 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ