पात्रो

रेडियो

समाचार खोजी

सर्लाहीको गोडैता नगरपालिकाका चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

साझा अर्थ संवाददाता १४ माघ २०८२, बुधवार

सर्लाही :  सर्लाहीको गोडैता नगरपालिकाका चार वडाध्यक्ष नेपाली कांग्रेस प्रवेश गरेका छन् । गोडैता नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुजित महतो, २ का अध्यक्ष अजयप्रसाद शाह, ५ का अध्यक्ष प्रकाश गुप्ता र वडा नम्बर ११ का अध्यक्ष विश्वनाथ पण्डितलाई सभापति गगन थापाले पार्टीमा स्वागत गरेका छन् । 

उनीहरुले सभापति थापालाई सर्लाही ४ मा जिताउने प्रतिबद्धता व्यक्त गर्दै काँग्रेसमा प्रवेश गरेको बताएका छन । 

गत स्थानीय तह निर्वाचनमा वडा नम्बर १, २ का अध्यक्ष नेकपाबाट, वडा नम्बर ५ का अध्यक्ष जसपा नेपाल तथा वडा नम्बर ११ का अध्यक्ष एमालेबाट निर्वाचित भएका थिए । त्यस्तै कार्यक्रममा गत प्रदेश सभा निर्वाचनमा बहुजन पार्टीबाट सर्लाही ४ को २ मा उम्मेदवार रहेका कृष्णकुमार कुशवाह पनि कांग्रेस प्रवेश गरेका छन् ।

सर्लाही-४ मा सभापति थापाको प्रतिष्पर्धा रास्वपाबाट उम्मेदवार बनेका डा. अमरेश कुमार सिंहसँग हुदैछ । उनी यसै क्षेत्रका निवर्तमान सांसद हुन् ।

92 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ