पात्रो

रेडियो

समाचार खोजी

सर्लाही पुगे काँग्रेस सभापति गगन थापा

साझा अर्थ संवाददाता १२ माघ २०८२, सोमवार

सर्लाही: नेपाली कांग्रेसका सभापति गगन थापा चुनावी अभियान शुरु गर्न सर्लाही पुगेका छन् । सोमबार बिहान सिमरा विमानस्थलमा उत्रिएका सभापति थापाको काँग्रेस नेता कार्यकर्ताले भव्य स्वागत गरेका थिए । 

सर्लाही-४ बाट उम्मेदवार बनेका थापाले अब आफ्नो क्षेत्रमा पार्टीका स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरेर चुनावी अभियान शुरु गर्ने बताइएको छ । 

थापाको सर्लाही बसाइका क्रममा उनले आफ्नो क्षेत्र बाहेक समग्र मधेश प्रदेशको चुनावी क्याम्पेनको नेतृत्व गर्ने बताइएको छ । काँग्रेसले मधेश प्रदेशमा आगामी फागुन ७ गते चुनावी विशेष सभाको आयोजना गर्ने निर्णय गरिसकेको छ ।

97 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ