पात्रो

रेडियो

समाचार खोजी

रेशम चौधरीको उम्मेदवार खारेजीविरुद्धको रिट न्यायाधीश ढकालको इजलासमा पेसी

साझा अर्थ संवाददाता ११ माघ २०८२, आइतवार

काठमाडौँ : नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजीविरुद्धको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । 

चौधरीको रिट सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेसी तोकिएको हो । चौधरीले कैलाली-१ बाट दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी सर्वोच्च अदालत पुगेका थिए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली-१ बाट मनोनयन पत्र दर्ता गरेका उनको उम्मेदवारी निर्वाचन आयोगले उनको उम्मेदवारी बिहीबार खारेज गरेको थियो । टीकापुर घटनामा जिल्ला अदालत हुँदै सर्वोच्चबाट दोषी ठहर भएकाले चौधरी उम्मेदवार हुन अयोग्य भएको भन्दै आयोगले उम्मेदवार खारेज गरेको थियो ।

२०७२ असोजमा टिकापुर घटनामा आठ जना प्रहरी र एक नाबालकको हत्याको अभियोगमा चौधरीलाई तीनै तहको अदालतले जन्मकैदको फैसला सुनाएको थियो । सर्वोच्च अदालतले पनि २०८० जेठ २ मा उक्त फैसला सदर गरेको थियो । चौधरीलाई २०८० जेठ १४ मा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी सजाय मिनाह गरे पनि यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट विचाराधीन रहेको छ ।

75 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ