दोलखाः नेपाली काँग्रेसको पुस २७ र २८ गते हुन लागि रहेको विशेष महाधिवेशनमा सक्रियता पूर्वक सहभागिहुन महाधिवेशन प्रतिनिधिहरुलाई नेपाल काँग्रेस समबद्ध भातृ संगठनका नेतृत्व गर्ने युवाहरुले आह्वान गरेका छन् । आइतवार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले उक्त आह्वान गरेका हुन् ।
विज्ञप्तिमा दोलखा जिल्लाबाट निर्वाचित नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिहरुलाई जिम्मेवार, सक्रिय र रचनात्मक भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
विज्ञप्ति जारी गर्नेहरुमा नेपाली काँग्रेस प्रदेश सभा ख का सभापति विकास खड्का, नेपाल तरुण दल दोलखाका कार्यवाहक सभापति चित्र तामाङ, दोलखा काठमाडौं सम्पर्क समितिका सभापति सरोज शिवाकोटी, भीमेश्वर नगर समिति सभापति शंकर कार्की, नेपाल विद्यार्थी संघ दोलखाका अध्यक्ष शौगात थापा, नेपाल विद्यार्थी संघ प्रदेश ख का सभापति शन्देश कोइराला, भीमेश्वर काठमार्डौ सम्पर्क समितिका सभापति सोवित श्रेष्ठ, मेलुङ काठमाडौं सम्पर्क समितिका सभापति आनन्द गोले,तामाकोशी काठमाडौं सम्पर्क समितिका सभापति शिवजी आपागाईं, गौरिशंकर काठमाडौं सम्पर्क समितिका सभापति लिलाबहादुर श्रेष्ठ तथा बिगु काठमाडौं सम्पर्क समितिका सभापति शैलेन्द्र खड्का रहनु भएको छ ।
विशेष महाधिवेशन का पक्षमा हस्ताक्षर गर्ने बागमति प्रदेशका जिल्लाहरुमा सबै सबैभन्दा बढी चितवन जिल्लाका महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् भने सबै भन्दा कम दोलखाका महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । भातृ संगठनका युवाहरुबाट यस्तो आह्वान आएपछि आम पार्टी कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्षमा रहेको प्रष्ट भएको विशेष महाधिवेशन पक्षधर एक नेताले बताए ।
