पात्रो

रेडियो

समाचार खोजी

विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन

साझा अर्थ संवाददाता २६ पुष २०८२, शनिवार

काठमाडौं: नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि निर्धारित सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ ।

    पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य होमनाथ दाहालको गएराति निधन भएपछि कांग्रेस विशेष महाधिवेशनले आज हुने सबै कार्यक्रम स्थगित गरेको हो ।

    विशेष महाधिवेशन पक्षधरले आज भृकुटीमण्डपमा र्‍याली निकाल्ने तथा अन्य विभिन्न कार्यक्रम आयोजना गरेको थियो । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले आज तय भएका सबै कार्यक्रम स्थगित भएको जानकारी दिनुभयो ।

    भोलि पुस २७ गते तय भएका कार्यक्रम भने यथावत रहेको नेता आचार्यले बताउनुभयो । भोलि भृकुटीमण्डपमा दोस्रो  विशेष महाधिवेशन उद्घाटन हुँदैछ ।

57 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ