पात्रो

रेडियो

समाचार खोजी

एकल उमेद्वार शिफारिसप्रति दोलखा एमालेमा तिब्र असन्तुष्टी

साझा अर्थ संवाददाता २१ पुष २०८२, सोमवार

दोलखाः नेकपा एमाले दोलखा जिल्ला कमिटीको दुई दिनसम्म चलेको बैठकले एमालेबाट प्रतिनिधि सभा सदस्यकालागि आगामी निर्वाचनमा पार्टीको तर्फबाट एक जनाको मात्र प्रत्यासीमा नाम शिफारिस गरेपछि पार्टीमा तिब्र असन्तुष्टी देखिएको छ । केन्द्रीय सदस्य पार्वत गुरुङलाई सर्बसम्मत भन्दै बहुमतको आधारमा जिल्ला कमिटीले अन्य आकाँक्षिको बेवास्ता गर्दै शिफारिस गरेको भन्दै पार्टी भित्र तिब्र असन्तुष्टी देखिएको हो । 

शनिवार र आइतबार दुई दिन चलेको जिल्ला कमिटी बैठक पछि नेकपा एमाले दोलखाले आइतवार साँढे चार बजे बोलाएको पत्रकार सम्मेलनमा अध्यक्ष नरबहादुर श्रेष्ठले पार्टीले पार्वत गुरुङको एकल नाम प्रतिनिधिसभा सदस्यकालागि पार्टीको केन्द्रमा पठाएको जानकारी दिनु भयो । शिफारिस एक जनाको मात्र गरिएको तर अन्य आकांक्षिको नाम समेत आकाँक्षि रहेको भनेर पठाइएको पार्वत गुरुङ निकट मानिने अध्यक्ष नरबहादुर श्रेष्ठको भनाई रहेको छ । 
श्रेष्ठले आइतवार ४ः १५ बजे बोलाएको पत्रकार सम्मेलनमा बताए अनुसार जिल्ला कमिटीले एकल उमेद्वारको रुपमा पार्वत गुरुङको नाम सिफारिस गरेपनि आकांक्षी भनेर बाल कृष्ण शिवाकोटी, केन्द्रीय सदस्य रचना खड्का, केन्द्रीय सदस्य श्याम बस्नेत तथा पूर्व जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेको नाम समेत केन्द्रमा पठाइएको छ । 


तर अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनको आयोजना गर्नु अगावै एमाले दोलखाको उमेद्वारी शिफारिस सम्बन्धी बिवाद भने छताछुल्ल भएको थियो । 

उमेद्वारी शिफारिस पछि के भयो दोलखामा ?


पार्वत गरुङको एकलनाम  सिफारिस गरिएपछि असन्तुष्ट भएका अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा ३१५ मतको झिनो मतान्तरले काँग्रेस–माओवादी केन्द्र तथा नेकपा समाजवादी गठबन्धनसँग पराजित भएका एमाले उमेद्वार बालकृष्ण शिवाकोटीले २ः३० बजे पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना असन्तुष्टी सार्वजनिक गर्नु भएको थियो  ।  त्यसैंगरी ४ बजे नेकपा एमाले दोलखाका प्रचार विभाग प्रमुख एबं पार्टी उपसचिव हरि ओली लगायतले पदबाट राजिनामा दिएको घोषणा गर्नु भयो । 

गुण्डा गर्दी गर्न नसक्नेले निर्वाचन लड्न सक्दैन भन्ने भष्य निर्माण गर्न खोजियो : बालकृष्ण शिवाकोटी


एमाले नेता बालकृष्ण शिवाकोटीले पत्रकार सम्मेलनमा अध्यक्ष नरबहादुर श्रेष्ठले उमेद्वार हुन को इच्छुक छ ? भन्ने सामान्य प्रश्न समेत बैठकमा नराखि आफूद्वारा प्रशिक्षित केही मानिसहरुलाई दोलखामा निर्वाचन लड्न गुण्डा गर्दी शैलीकै मानिस चाहिन्छ भन्न लगाई, गुण्डा गर्दी विना निर्वाचन लड्न सकिँदैन भन्ने भाष्य निर्माण गरी जबर्जस्ति पार्वत गुरुङको नाम सिफारिस गर्ने निर्णय सर्वसम्मतिले पारित भएको घोषणा गरेको उहाँको भनाई रहेको छ। आफू लगायत केन्द्रीय सदस्यहरु रचना खड्का, श्याम बस्नेत, पूर्व जिल्ला समन्वय प्रमुख डबल पाण्डेले आफुहरु प्रतिनिधि सभा सदस्य को निर्वाचन लड्न ईच्छुक रहेकोमा आफूहरुलाई बैठकमा धारणा समेत राख्ने अवसर नदिई गुरुङको नाममा सर्वसम्मत निर्णय भएको बताएपछि आफूहरु पत्रकार सम्मेलन गर्न बाध्य भएको उहँाँको भनाई रहेको छ । 
दोलखा एमाले को नेतृत्व गरेका अध्यक्ष श्रेष्ठलाई बहुमत अथबा  सर्वसम्मत भनेको के हो ? सो को जानकारी समेत नरहेको आफूले अनुभव गरेको शिवाकोटीको भनाई रहेको छ । छलफलनैं नगराई एकल रुपमा पार्वत गुरुङको नाम शिफारिस गर्नु पार्टीको आन्तरिक लोकतन्त्र, विधि र न्यायको घोर अपमान भएको शिवाकोटीले पत्रकार सम्मेलनमा बताउनु भयो । 
आफूहरु पार्टी प्रति बफादार रहेको तर पार्टी जल्ला नेतृत्वको “काँक्रो आफू खाने र विया अर्कालाई टाँसिदिने” प्रबृत्तिका कारण भोली निर्वाचनमा असफल भएमा दोष यो समूहलाई दिने नियत देखिएकोले यही कुरा स्पष्ट गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको शिवाकोटीले बताउनु भयो । शिवाकोटीले अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा ३६ हजार ५१५ मत प्राप्त गर्नु भएको थियो । 

प्रचार विभाग प्रमुख हरि ओली लगायतले असन्तुष्ट हुँदै गरे राजिनामाको घोषणा :

आइतबार नैं अपरान्ह ४ बजे नेकपा एमाले प्रचार विभाग प्रमुख हरि ओली लगायतले अध्यक्षको रवैयाप्रति असन्तुष्टी जाहेर गर्दै राजिनमा दिने घोषणा गर्नुृ भएको छ । पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख एवं नेकपा एमाले दोलखाका उपसचिव ओलीले  शनिवार र आईतबार आयोजित बैठकमा नेतृत्वको पेलेरै जानु पर्छ भन्ने नियतका कारण आफूहरु पदबाट राजिनामा दिन बाध्य भएको बताउँदै राजिनामाको घोषणा गर्नु भयो । 
प्रतिनिधि सभाका उमेद्वार शिफारिस गर्ने क्रममा बैठकमा सबै सदस्य को सहमति भएमा सर्व सम्मत हुने तथा सर्व सम्मत हुन नसकेमा केन्द्रको निर्देशन बमोजिम शिफारिस गर्नु पर्नेमा पेलेरै जाने नेतृत्वमा नियत देखिएकोले आफू लगायत कालिञ्चोक भुगोलका एमालेका विभिन्न पदहरुमा रहेकाहरुले राजिनामा दिने निर्णय गरेको ओलीले  बताउनु भयो । 
उमेद्वार सिफारिसको क्रममा परदर्शीताको अभाव, निश्चित ब्यक्तिको दाश बनी पार्टी कब्जा गर्ने प्रबृत्तिप्रति विरोध गर्दै आफूहरुले सामूहिक राजिनामा दिएको उहाँको भनाई रहेको छ । पदबाट राजिनामा दिनुको अर्थ पार्टीबाट आफूहरुले राजिनामा नदिएको र गलत प्रबृत्तिका विरुद्ध आन्तरिक संघर्ष भएको ओलीले बताउनु भयो । 
सामूहिक राजिनामा दिनेहरुमा उपसिचिव एवं प्रचार विभाग प्रमुख हरि ओली, सचिवालय सदस्य गणेश शिवाकोटी, लेखा समिति अध्यक्ष ईश्वरी प्रसाद दहाल, जिल्ला कमिटी सदस्यहरु श्यामसुन्दर शिवाकोटी,  ईन्द्रबहादुर थामी, होमकुमार थामी , राधा चापागाईं, सविना केसी, रमा शिवाकोटी, कुमार बस्नेत , प्रल्हाद  चापागाइँ, विक्रम खड्का, गणेशबहादुर शिवाकोटी, निलकुमार खुलाल लगायत रहनु भएको उपसचिव ओलीको भनाई रहेको छ । पार्टी भित्रका गलत निर्णयका विरुद्ध पार्टी भित्रै आफूहरु लडिरहने उपसचिव ओलीले पत्रकार सम्मेलनमा बताउनु भयो । 
पार्टी जिल्ला नेतृत्वको असहिष्णु तथा दास प्रबृत्तीका कारण पार्टीमा विवाद उत्पन्न भएको एमाले दोलखाका नेता एबं नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एबं एमालेका तर्फबाट गत स्थानीय निर्वाचनमा भीमेश्वर नगरपालिकाका नगर प्रमुखका प्रत्यासी हरिबंश चौलागाईंले साझा अर्थ सँगको कुराकानीका क्रममा बताउनु भयो । विधि र पद्दतीमा नचली विवाद सतहमा ल्याउने अवस्था सिर्जना गर्नु एमाले  दोलखा नेतृत्वको कमजोरी रहेको उहाँको भनाई रहेको छ ।

251 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ