पात्रो

रेडियो

समाचार खोजी

पाथीभरा क्षेत्रमा हिमपात

साझा अर्थ संवाददाता २० पुष २०८२, आइतवार

ताप्लेजुङ : यहाँस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो । 

   हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अस्थित पाथीभरा क्षेत्रहरूमा विगतमा मङ्सिरदेखि नै हिमपात हुने गर्दथ्यो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो । 

   पाथीभरा हिमपात भए पनि तीर्थयात्रीहरूलाई सहजताका लागि पदमार्गमा फाइबरको ट्रस लगाएको छ । यसले वर्षा र हिमपातसमेत पाथीभरा धामसम्म पुग्नका लागी तीर्थयात्रीलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ