पात्रो

रेडियो

समाचार खोजी

टेक्सासको ड्यालसमा खोलिएको नेपालको नयाँ महावाणिज्यदूतावासले सेवाग्राहीलाई राहत

साझा अर्थ संवाददाता १६ पुष २०८२, बुधवार

काठमाडौं : प्रवासी नेपालीको माग अनुसार टेक्सासको ड्यालसमा खोलिएको नेपालको नयाँ महावाणिज्य दूतावासले सेवाग्राहीलाई तत्काल राहत पुर्याइरहेको छ।

स्थापनाको करिब ७० दिनभित्रै कार्यालयले १,२६० नेपालीलाई कन्सुलर सेवा प्रदान गरिसकेको छ। ड्यालसमा नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आयोजित स्थानीय पत्रकार र समुदायसँगको अन्तरक्रिया कार्यक्रममा प्रवक्ता प्रवीण भट्टराईले यस छोटो अवधिमा ६९२ जनालाई पासपोर्ट र ५६८ जनालाई भिसा र यात्रा कागजात जारी गरेको जानकारी दिनुभयाे ।

महावाणिज्यदूत सुरेश अधिकारीले यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदाय नयाँ कार्यालयप्रति उत्साहित रहेको बताउँदै माग अनुरूप छिटो सेवा दिन प्रतिबद्धता जाहेर गरे। कार्यालय समयभित्र आउने कुनै पनि सेवाग्राही सेवाबिना नफर्कने गरी काम हुँदै रहेको उहाँले बताए र आवश्यक सूचनाका लागि दूतावासको फेसबुक पेज र वेबसाइट हेर्न आग्रह गनुृ भएकाे राससले जनाएकाे छ ।

126 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ