पात्रो

रेडियो

समाचार खोजी

आरबीबी म्युचुअल फन्डका तीन योजनाको मंसिरको नेट एसेट भ्यालु सार्वजनिक

साझा अर्थ संवाददाता १४ पुष २०८२, सोमवार

काठमाडौं, पुस १४, २०८२ आरबीबी म्युचुअल फन्ड अन्तर्गत सञ्चालित विभिन्न योजनाहरूले मंसिर २०८२ महिनाको नेट एसेट भ्यालु प्रतिवेदन सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार आरबीबी म्युचुअल फन्ड–१, आरबीबी म्युचुअल फन्ड–२ तथा आरबीबी फोकस ४० तीनवटै बन्दमुखी (क्लोज्ड–एन्ड) योजनामा अघिल्लो महिनाको तुलनामा नेट एसेट भ्यालुमा सुधार देखिएको छ।

आरबीबी म्युचुअल फन्ड–१ 

सात वर्षे अवधि रहेको आरबीबी म्युचुअल फन्ड–१ को मंसिर २०८२ अन्त्यसम्म नेट एसेट भ्यालु प्रतिकित्ता ९ रुपैयाँ ७५ पैसा कायम भएको छ। अघिल्लो महिनामा यसको नेट एसेट भ्यालु प्रतिकित्ता ९ रुपैयाँ ३८ पैसा थियो।

१ अर्ब २५ करोड रुपैयाँको कोष आकारबाट सञ्चालनमा आएको यस योजनाले सूचीकृत सेयरमा ९९ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ। यस्तै, सार्वजनिक निष्कासन, हकप्रद तथा बोनस सेयरमा १ करोड ५५ लाख रुपैयाँ लगानी गरिएको छ। योजनाको बैंक मौज्दात ४ करोड ९३ लाख रुपैयाँ रहेको छ भने ३ करोड रुपैयाँ स्थिर निक्षेपमा राखिएको छ। साथै, बन्ड तथा डिबेन्चरमा १३ करोड २१ लाख रुपैयाँ लगानी गरिएको छ।

मंसिर महिनामा यस योजनाले ३ करोड २५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो महिनामा भने योजनाको खुद घाटा ७ करोड ९४ लाख रुपैयाँ रहेको थियो।

आरबीबी म्युचुअल फन्ड–२ 

१० वर्षे अवधि भएको आरबीबी म्युचुअल फन्ड–२ को मंसिर २०८२ अन्त्यसम्म नेट एसेट भ्यालु प्रतिकित्ता १० रुपैयाँ ४८ पैसा पुगेको छ। अघिल्लो महिनामा यसको नेट एसेट भ्यालु प्रतिकित्ता १० रुपैयाँ १२ पैसा थियो।

८४ करोड ६१ लाख रुपैयाँको कोष आकार रहेको यस योजनाले सूचीकृत सेयरमा ७१ करोड ८० लाख रुपैयाँ लगानी गरेको छ। सार्वजनिक निष्कासन, हकप्रद तथा बोनस सेयरमा १ करोड १६ लाख रुपैयाँ लगानी गरिएको छ। योजनाको बैंक मौज्दात ८ करोड ४१ लाख रुपैयाँ रहेको छ भने ४ करोड रुपैयाँ स्थिर निक्षेपमा राखिएको छ। यस्तै, बन्ड तथा डिबेन्चरमा ३ करोड ४१ लाख रुपैयाँ लगानी गरिएको छ।

मंसिर महिनामा यस योजनाले ३ करोड रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो महिनामा भने योजनाको खुद घाटा ६ करोड ४ लाख रुपैयाँ रहेको थियो।

आरबीबी फोकस ४०

आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडद्वारा व्यवस्थापन गरिएको बन्दमुखी योजना ‘आरबीबी फोकस ४०’ ले मंसिर २०८२ महिनाको नेट एसेट भ्यालु प्रतिवेदन पहिलोपटक सार्वजनिक गरेको हो। विवरणअनुसार मंसिर अन्त्यसम्म यस योजनाको नेट एसेट भ्यालु प्रतिकित्ता ९ रुपैयाँ ९२ पैसा कायम भएको छ।

१ अर्ब २५ करोड रुपैयाँको कोष आकार रहेको यस योजनाले सूचीकृत कम्पनीहरूको सेयरमा ३० करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ भने ९४ करोड ९५ लाख रुपैयाँ बैंक मौज्दातका रूपमा राखिएको छ।

मंसिर महिनामा यस योजनाले ९० लाख ८६ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ।

सार्वजनिक तथ्यांकअनुसार मंसिर महिनामा आरबीबी म्युचुअल फन्डका सबै योजनामा नेट एसेट भ्यालुमा सुधार देखिए पनि समग्र रूपमा योजनाहरू अझै घाटामै रहेका छन्।

 
 
184 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ