काठमाडौंः चिलिमे हाइड्रो पावर कम्पनील शेयर धनीहरुलाई १२ प्रतिशत लाभांस दिने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले शेयर धनीहरुलाई सो लाभांस दिने भएको हो ।
पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्ता पूँजीको १२ प्रतशितका लाभांस वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । घोषित लाभांस मध्ये ८ प्रतिशत बोनस शेयर रहेको छ भने ४ प्रतिशत नगद लाभांश (कर सहित) रहेको कम्पनीको भनाई रहेको छ ।
लाभांस पारित लगायतका निर्णय गने प्रयोजनकालागि पुस ३० गते काठमाडौंमा साधारण सभा डाकिएको छ। साधारण सभामा सहभागिता जनाउने प्रयोजनकालागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । नियमन निकायबाट स्वीकृती प्राप्त भई साधारण सभाबाट निर्यय पश्चात शेयर धनीहरुले लाभांस प्राप्त गर्ने छन् ।