पात्रो

रेडियो

समाचार खोजी

पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

साझा अर्थ संवाददाता ५ पुष २०८२, शनिवार

काठमाडौँ : नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा नेपाल पर्यटन बोर्ड र यहाँस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ भाषा प्रशिक्षण दिइएको छ ।    
    
 छमहिने उक्त प्रशिक्षणमा संलग्न ४७ जना व्यवसायीलाई शुक्रबार यहाँ आयोजित एक कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो । त्यस अवसरमा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले प्रशिक्षणका माध्यमबाट व्यवसायीलाइ चिनियाँ पर्यटकसँग व्यवहार गर्न तथा आफ्ना सेवाबारे अवगत गराउन सहज हुने बताउनुभयो । साथै उहाँले देशको पर्यटन उद्योगमा चिनियाँ भाषा जानेका व्यवसायीबाट टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।    
    
 दूतावासका ‘मिनिस्टर काउन्सिलर’ चु पानले चीन–नेपाल सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै यसबाट दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन बल मिल्ने विश्वास व्यक्त गर्नुभयो ।    

21 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ