काठमाडौंः प्राइम कमर्सीएल बैंकले आठ प्रतिशत बोन शेयरदिने भएको छ । बैंकले गत आबको मुनाफाबाट सो लाभांस दिने भएको हो ।
पुस ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस र सोको कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृती पछी आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले लाभांस प्राप्त गर्ने छन् ।