पात्रो

रेडियो

समाचार खोजी

बैंक कर्मचारीको सुरक्षा संकटमा: डेभलपमेण्ट बैंकर्स एशोसिएसनको आपत्ति

साझा अर्थ संवाददाता २ पुष २०८२, बुधवार

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको कर्मचारीहरूमाथि भएको आपराधिक घटनाप्रति डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले आपत्ति जनाएको छ ।

एशोसिएसनको सदस्य बैंक ज्योति विकास बैंकको रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्मका सञ्चालक ऋणीहरुले कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा परामर्श गर्न जाँदा बैंकका कर्मचारीमाथि अमानवीय व्यबहार भएको थियो।

संचालकहरु तथा निजका सहयोगीहरुले आफ्नो नियन्त्रणमा लिई नियोजित रूपमा दुर्व्यवहार गर्दै आक्रमण गरेको गम्भीर आपराधिक घटनाप्रति एशोसिएसनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो।

’कर्जा असुली गर्नु बैंकको जिम्मेवारी हो र बैंक तथा वित्तीय संस्थाको सबैभन्दा महत्वपूर्ण उद्देश्य भनेको निक्षेपकर्ताको बचत सुरक्षित गर्नु हो। सम्पूर्ण बचतकर्ताको जिम्मेवारी लिएको बैंक तथा बैंकका कर्मचारीहरूले बचतको सुरक्षा सुनिश्चित गर्ने तथा नियमित असुली प्रक्रिया अपनाउने क्रममा यस प्रकारको अमानवीय व्यवहार भोग्नुपरेको अवस्था सम्पूर्ण बैंक तथा वित्तीय संस्था साथै ग्राहक वर्गका लागि गम्भीर चिन्ताको विषय हो। यस प्रकारको घटनाले बैंकिङ्ग सेवा प्रयोग गर्न निरुत्साहित गर्नुका साथै बैंक तथा वित्तीय संस्थाहरूलाई नियामक निकाय तथा ऐन कानूनले प्रदान गरेका अधिकार प्रयोग गर्नसमेत बाधा पुयाई चुनौती दिएको छ,’ पत्रमा भनिएको छ।
साथै, आगामी दिनमा बैंक तथा वित्तीय संस्थाप्रति भइरहेका अराजक गतिविधिहरूलाई निरुत्साहित गर्दै सजग र जिम्मेवार रहन सम्पूर्ण जनमानसमा अनुरोध गरिएको छ।

82 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ