पात्रो

रेडियो

समाचार खोजी

बैङ्क तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा चार अर्ब ३५ करोड लगानी गर्दै राष्ट्र बैङ्क

साझा अर्थ संवाददाता २२ मंसिर २०८२, सोमवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैङ्क तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा चार अर्ब ३५ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरुमा तीन अर्ब ४८ करोड रुपियाँ, विकास बैङ्कहरुमा ६५ करोड २५ लाख रुपियाँ र फाइनान्स कम्पनीहरुमा २१ करोड ७५ लाख रुपियाँ गरी कुल चार अर्ब ३५ करोड दुई लाख रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।
राष्ट्र बैङ्कले उक्त निक्षेपका लागि आगामी बुधबार बिहान १० बजेदेखि १२ बजेभित्र समग्रमा ब्याजदर सम्बन्धी पस्ताब पेश गर्न राष्ट्र बैङ्कले आग्रह गरेको छ ।
मुद्दती निक्षेप लिन राख्न चाहने बैङ्क तथा वित्तीय संस्थाहरुले तोकिएको समयमा तोकिएको इमेल ठेगानामा ब्याजदर प्रस्ताव गरिसक्नुपर्ने राष्ट्र बैङ्कले जारी गरेको सूचनामा उल्लेख छ ।
निक्षेप रकम राख्न राष्ट्र बैङ्कले केही शर्त समेत राखेको छ । जसमा संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने, न्यूनतम पूँजी कोष कायम गरेको हुनुपर्ने, निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने रहेका छन् ।
यसैगरी समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको हुनुपर्ने, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा छ महिना पुरा भएको हुनुपर्ने, सर्वसाधारणको लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने र कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैङ्कले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने जारी सूचनामा उल्लेख छ ।

47 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ