बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई आठ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको आठ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई आठ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई आठ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको आठ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि बैंकले शेयरधनीलाई वितरण गर्ने जनाएको छ ।