पात्रो

रेडियो

समाचार खोजी

इरानद्वारा यहुदी विरोधी आक्रमणमा अस्ट्रेलियाको आरोप अस्वीकार

साझा अर्थ संवाददाता ११ भदौ २०८२, बुधवार

काठमाडौंः इरानको विदेश मन्त्रालयले अस्ट्रेलियामा भएका दुई यहुदी विरोधी आक्रमणको पछाडि तेहरानको हात रहेको भन्ने अस्ट्रेलियाको आरोपलाई मङ्गलबार खारेज गरेको छ ।

तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले गत अक्टोबरमा सिड्नीस्थित कोशेर क्याफेमा भएको आगलागी र गत डिसेम्बरमा मेलबर्नको सिनागगमा भएको ठूलो आगलागीबारे अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले तेहरानमाथि लगाउनुभएको आरोपको खण्डन गर्नुभयो ।

यसै क्रममा उहाँले अस्ट्रेलियाले इरानी राजदूत अहमद सादेगीलाई निष्कासन गर्ने निर्णयप्रति पनि प्रतिक्रिया जनाउनुभयो । “स्वाभाविक रूपमा, कूटनीतिक स्तरमा गरिने कुनै पनि अनुचित र अन्यायपूर्ण कदमले पारस्परिक प्रतिक्रिया पाउनेछ । यो नयाँ विकास हो र मेरा सहकर्मीहरूले इस्लामिक गणतन्त्र इरानको औपचारिक प्रतिक्रियाबारे निर्णय गर्न मुद्दालाई विचार गरिरहेका छन्”, बाघाईले भन्नुभयो ।

उहाँले भन्नुभयो, “विगत दुई हप्तामा अस्ट्रेलियामा कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरूमा भइरहेको जनहत्या विरुद्ध लाखौँको सहभागितासहित ठूला प्रदर्शनहरू भएका छन् । साथै अस्ट्रेलियाका केही राजनीतिज्ञले पनि दुर्लभ कदम स्वरूप इजरायलका गतिविधिहरूको केही आलोचना गरेका छन् ।”

बाघाईका अनुसार इरानविरुद्ध अस्ट्रेलियाले हालै चालेको कदम ‘वास्तवमा कूटनीति र दुई देशबीचको सम्बन्धविरुद्धको कारबाही’ हो, जुन ती साना इजरायल विरोधी आलोचनाहरूको क्षतिपूर्ति गर्न गरिएको हो ।

प्रधानमन्त्री अल्बानिजले मङ्गलबार अस्ट्रेलियाले इरानका लागि आफ्ना राजदूत फिर्ता बोलाउने र तेहरानस्थित दूतावासको सञ्चालन स्थगित गर्ने घोषणा गर्नुभएको थियो ।
---

118 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ