पात्रो

रेडियो

समाचार खोजी

तीस हजारभन्दा बढी अफगानी स्वदेश फिर्ता

साझा अर्थ संवाददाता २८ साउन २०८२, बुधवार

क्वेटा, पाकिस्तान, २८ साउन (साउन/एएनआई): पाकिस्तानको क्वेटामा अवैध रूपमा बसोबास गर्दै आएका ३० हजारभन्दा बढी अफगान नागरिकहरूलाई एक महिनाभन्दा कम समयमा अफगानिस्तान फिर्ता पठाइएको पाकिस्तानी पत्रिका डनले जनाएको छ । 

यसअघि पाकिस्तान सरकारले पाकिस्तानमा बसोबास गर्ने अवैध अफगानहरूलाई  स्वदेश फर्कन जुलाई ३१ को समयसीमा तय गरेको थियो ।

कागजात विहीन अफगानविरुद्ध कारबाही गर्न प्रहरी, एफआईए र जिल्ला प्रशासन मिलेर संयुक्त टोली गठन गरिएको डनले जनाएको छ ।

मङ्गलबार क्वेटा डिभिजनका आयुक्त शाहजेब खान काकरको अध्यक्षतामा बसेको बैठकमा प्रान्तमा रहेका अवैध अफगानहरूमाथि चलिरहेको दमनको समीक्षा गरिएको थियो । 

अधिकारीहरूले अवैध अफगानहरू विरुद्धको कारबाहीलाई गति दिन एजेन्सीहरूबिच समन्वय  गरिएको जानकारी दिएका छन् ।  

आयुक्तले कागजातविहीन अफगानहरूलाई लक्षित कारबाही सञ्चालन गरी अवैध बासिन्दाहरूको बैङ्क खाता र मोबाइल सिमहरूको रेकर्ड सङ्कलन गर्न निर्देशन दिनुभएको थियो । 

उहाँले अपरेशनको क्रममा महिला र बालबालिकाको सम्बन्धमा विशेष ध्यान राख्न निर्देशन दिदै सबै विभागहरूलाई अफगानिस्तानमा सबै अवैध अफगानहरूको फिर्तीका लागि प्रभावकारी रणनीति बनाउन आग्रह गर्नुभयो ।  

पाकिस्तानी सेनाले क्वेटा डिभिजनमा अवैध अफगानहरू विरुद्धको कारबाहीमा बलुच लिबरेशन आर्मी र तेहरीक–ए–तालिबान पाकिस्तानका सदस्यहरूसहित ५० जना आतङ्ककारीहरूलाई मारेको दाबी गरेको छ ।

मङ्गलबार एक विज्ञप्ति जारी गर्दै सेनाले मारिनेहरूमा बलुचिस्तान लिबरेशन आर्मी (बिएलए) र तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) का सदस्यहरू रहेको बताएको छ । दुवै समूहलाई पाकिस्तानमा आतङ्कवादी सङ्गठन घोषित गरिएको छ, यो समूह सुरक्षा बलमाथि बारम्बार आक्रमणमा संलग्न छ ।

सेनाका अनुसार अपरेसनले मुख्यतया बलुचिस्तान प्रान्तका केही भागहरूमा अतिवादी समूहविरूद्ध लक्षित थियो 

104 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु