पात्रो

रेडियो

समाचार खोजी

दूतावासको घुम्ती शिविरबाट सेवाग्राही लाभान्वित

साझा अर्थ संवाददाता १६ साउन २०८२, शुक्रवार

वाशिङ्टन डिसी:  नेपाली राजदूतवासले ओहायो राज्यको कोलम्वसमा विभिन्न सेवा प्रदान गर्ने उद्देश्यका साथ घुम्ति शिविर सञ्चालन गरेको छ । मङ्गलबार र बुधबार गरी आयोजना गरिएको घुम्ती शिविरमा करिब चार सय सेवाग्राहीले सेवा लिएको डिसीस्थित दूतावासले जानकारी दिएको छ ।    
    
ओहायो राज्यका लागि अवैतनिक महावाणिज्यदूत डा दामोदर पौडेलको समन्वयमा स्थानीय गैरआवासीय सङ्घको समेत सहभागितामा शिविर सञ्चालन गरिएको थियो ।    
    
यहाँ रहेका नेपालीहरूका लागि राहदानी नवीकरणलगायत सेवाका लागि डिसीमा रहेको दूतावाससम्म पुग्नका लागि समय र स्रोतको कारणले महँगो पर्नेमा दूतावासको टोली नै आएर सेवाग्राहीलाई सेवा दिनु महत्त्वपूर्ण भएको पौडेलले प्रतिक्रिया दिनुभयो । डिसीस्थित दूतावासका इकोनोमिक कन्सुलर युगराज पाण्डेको प्राविधिकसहितको टोलीले शिविरमा सेवा दिएको थियो ।    
    
यसैगरी गत आइतबार र सोमबार केन्टकी राज्यमा सोही प्रकृतिको शिविर सञ्चालन गरिएको थियो । विगत केही वर्षदेखि नेपालीहरूको जनघनत्व बढी भएको राज्यमा दूतावासले शिविर सञ्चालन गर्दै आएको छ, यसबाट सेवाग्राही खुसी भएका छन् ।   (रासस)      

140 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ