पात्रो

रेडियो

समाचार खोजी

एनआईसी एशिया बैङ्कको सेयर कर्जा योजना

साझा अर्थ संवाददाता १४ साउन २०८२, बुधवार
समाचार सारांश

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैङ्क तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण सेयर धितो राखेर १८० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ । एन आई सी एशिया बैङ्कले ८.१७ प्रतिशत ब्याजदरमा सेयर कर्जा ऋण दिने भएको छ । बैङ्कले प्रतिष्पर्धी ब्याजदर (औसत आधार दरमा एक प्रतिशत प्रिमियम थप) मा शेयर धितो राखेर प्रवाह गरिने कर्जाको योजना सार्वजनिक गरेको हो ।
अर्थतन्त्रको एक मुख्य खम्बाको रुपमा रहेको सेयरबजारलाई सम्बोधन गर्ने गरी प्रतिष्पर्धी ब्याजदर (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) मा सेयर कर्जा योजना सार्वजनिक गरेको बैङ्कले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैङ्क तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण सेयर धितो राखेर १८० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ । योजना अन्तरगत न्यूनतम ५० लाख रुपियाँदेखि अधिकतम १५ करोड रुपियाँसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैङ्कले गरेको छ ।

174 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ