पात्रो

रेडियो

समाचार खोजी

ज्ञात समूहद्वारा राजधानी ढाकामा रहेको बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास

साझा अर्थ संवाददाता ११ साउन २०८२, आइतवार

ढाकाः‘इन्टरनेसनल इन्स्टिच्युट अन फासिजम एन्ड जेनोसाइड अन्तर्राष्ट्रिय फासिजम एवं नरसंहार संस्थान’ को ब्यानरमा रहेको एउटा अज्ञात समूहले राजधानी ढाकाको मुटुमा रहेको बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास गरिरहेको छ ।

    भवनका हरेक कोठा सफा गरिँदैछ, तर यो कसको आदेशमा गरिएको हो भन्न कोही सक्दैन । कामको निरीक्षण गर्ने जिम्मेवारहरूले अगस्ट ५ मा विद्यार्थी नेतृत्वको विद्रोहमा शेख हसिनाको पतनको वार्षिकोत्सवअघि सफाइ कार्य सम्पन्न हुने बताएका छन् ।

    सफाइ कामको निरीक्षणको जिम्मेवारीमा रहेका शेखावत हुसेनले पत्रकारहरूलाई भन्नुभयो, “यो फासीवादी शेख हसिनाको युगको प्रतिष्ठान हो । हामी यहाँ थप फासीवादी जन्माउन चाहँदैनौँ । त्यसैले हामीले यसलाई नियन्त्रणमा लिइरहेका छौंँ । यो कामका लागि कसैको अनुमति आवश्यक छैन ।”

    ढाकाको २३, बङ्गबन्धु एभिन्युमा रहेको अवामी लिगको मुख्यालयमा ‘अन्तर्राष्ट्रिय फासिजम एवं नरसंहार संस्थान’ लेखिएको ब्यानर झुन्ड्याइएको छ । दैनिक १०–१२ जना कामदारले भवन सफा गर्छन् । कसैकसैले १० तले भवन शेख हसिना विरुद्धको आन्दोलनको नेतृत्व गर्नेहरूका लागि विश्राम गृहका रूपमा प्रयोग गरिने बताएका छन् ।

    बङ्गलादेश अवामी लिग बङ्गलादेशको एउटा प्रमुख राजनीतिक दल हो । सन् १९४९ मा स्थापित यो देशको सबैभन्दा पुरानो विद्यमान दल हो । यसले देशको स्वतन्त्रता सङ्ग्राममा महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

    अन्तरिम सरकारले शेख हसिनाको नेतृत्वको आवामी लिगका गतिविधिहरूमा प्रतिबन्ध लगाएको छ । शेख हसिनाको पतनपछि प्रदर्शनकारीहरूले आवामी लिग मुख्यालय सहित पार्टीका धेरै कार्यालय जलाएका थिए ।

    प्रदर्शनकारीहरूले शेख हसिना र उहाँका पिता बङ्गबन्धु शेख मुजिबुर रहमानका स्मारकहरू एक–एक गरेर हटाइरहेका छन् । यसअघि प्रदर्शनकारीहरूले शेख मुजिबको ३२, धनमण्डीको घर पनि भत्काएका थिए । यो बङ्गबन्धु सङ्ग्रहालयका रूपमा प्रयोग भइरहेको थियो ।

    गत वर्ष अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा शेख हसिना अपदस्थ हुनुभएको थियो । उहाँको पतनपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

161 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु