पात्रो

रेडियो

समाचार खोजी

९४३ टावर निर्माण गर्न अनुमति

साझा अर्थ संवाददाता ८ साउन २०८२, बिहिवार

काठमाडौंः नेपाल टेलिकम र एनसेलले सेवा विस्तारकालागि ९४३ बटा टावर निर्माणको अनुमति पाएका छन् । नेपाल दुरसंचार प्राधिकरणले नेपाल टेलिकम लाई २ सय तथा एनसेललाई ७४३ वटा टावर निर्माण गर्ने अनुमति दिएको हो ।
असार ३० गते दुई कम्पनी गरी जम्मा ९४३ टावर निर्माण गर्न अनुमति दिएको नेपाल दुरसंचार प्राधिकरणले जनाएको छ । सेवाको गुणस्तर तथा क्षमता बृद्धिकालागि प्राधिकरण समय टावर निर्माण गर्न दुई वर्ष अघिदेखि माग गरिरहेको थिए । टावरको निर्माण पछि दुवै कम्पनीको सेवाको गुणस्तर तथा कभरेज एरियामा विस्तार हुने अपेक्षा गरिएको  छ ।

178 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ