पात्रो

रेडियो

समाचार खोजी

सेयर किन्न बैंक खातामा पैसा हुनुपर्ने ब्यवस्था गरिने

साझा अर्थ संवाददाता ७ साउन २०८२, बुधवार

काठमाडौंः अब सेयर लगानीकर्ताले बैंक खातामा रकम भएमात्रै सेयर किन्न पाउने नीतिगत ब्यवस्था गरिने भएको छ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ को लागि नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ । 
‘दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भए पश्चात मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाउन नीति था कार्यक्रममा उल्लेख छ ।  कार्यक्रममा धितोपत्र खरिद कर्ताको बैंक खातामा रकम भए पश्चात मात्र कारोवार हुने ब्यवस्था गरिने धितोपत्र बोर्डले जनाएको छ । 
 धितोपत्रको आईपीओमा पनि आवेदन दिनसाथ बैंक खाताको रकम रोक्का हुने व्यवस्था गरिने भएको छ । बोर्डले नीति तथा कार्यक्रमा आईपीओमा आवेदन दिँदा आस्वा सदस्य बैंक वित्तीय संस्थाले सिडिएस एण्ड क्लियरिङबाट ‘एपीआई’ लिए आवेदकको आवेदन तत्कालै ‘सिस्टम भेरीफिलकेसन’ भई आवेदन रकम रोक्का हुने ब्यवस्था गर्न लागिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

209 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता