पात्रो

रेडियो

समाचार खोजी

शैलुङ गाउँपालिकाले लगायो मिनी ग्रेटवाल प्रवेश शुल्क

साझा अर्थ संवाददाता ५ साउन २०८२, सोमवार

दोलखाः शैलुङ गाउँपालिकाले दोलखाको प्रशिद्ध पर्यटकीय क्षेत्र शैलुङमा निर्माण गरिएको मिनी ग्रेटवालमा प्रवेश गर्दा सरसफाई ब्यवस्थापन शुल्क लगाएको छ । शैलुङ क्षेत्रको सरसफाई तथा अन्य ब्यवस्थापनकालािग गाउँपालिकाले सो शुल्क लगाएको हो । 
शैलुङक्षेत्रको सरसफाई ब्यवस्थापनकालागि मिनी ग्रेटवाल प्रवेश गर्दा पचास रुपैयाँ शुल्क लगाइने निर्णय गरिएको शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले जानकारी दिनुभयो । सरसफाईको लागि उठाइएको शुल्क गाउँपालिकाको खातामा जम्माहुने र सो शैलुङ क्षेत्रको सरसफाई तथा अन्य ब्यवस्थापनमा खर्च हुने अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । गाउँपालिकाले शैलुङको सरससफाईकालागि दुई जना शैलुङ रक्षक नियुक्त गरेको गाउँपालिकाले जनाएको छ । शैलुङ क्षेत्रमा पर्यटकहरुको आगमन बढेसँगै सो क्षेत्रमा नकुहिने तथा कुहिने फोहोरको मात्रा बढेको थियो ।

276 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता