पात्रो

रेडियो

समाचार खोजी

हिम स्टार उर्जाको आईपीओ आज बाँडफाँड गरिँदै

साझा अर्थ संवाददाता ३२ असार २०८२, बुधवार

काठमाडौंः हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओ आज बाँडफाँड गरिादै छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले सो कुराको जानकारी दिएको हो । 
कम्पनीको आइपीओ हात पार्ने भाग्यकै भर पर्नुपर्ने देखिएको छ । कम्पनीको आइपीओमा ७७ हजार ३९७ जनाले १०।१० कित्ताका दरले शेयर हात पार्ने देखिएको छ । जसमा सोहि मध्येका ५ जनाले भने थप १।१ कित्ता गरि ११ कित्ता पाउनेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ११ लाख १९ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये प्रथम चरणमा आयोजना प्रभावितका लागि १ लाख ८६ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार २५० कित्ता शेयर शेयर निष्कासन गरि बाँडफाँट गरेको छ । कम्पनीले कर्मचारीका लागि १८ हजार ६५० कित्ता शेयर र सामुहिक लगानी कोषका लागि र ४६ हजार ६२५ कित्ता शेयर सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरेको थियो ।

233 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता