काठमाडौंः अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन समयावधि आजबाट समाप्त हुँदै छ । कम्पनीको ३५ लाख ३० हजार कित्ता शेयरको लक इन अवधि आजबाट समाप्त हुन लागेको हो ।
संस्थापक सेयर, स्थानीयय बासिन्दाका लागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि आज समाप्त हुन लागेको कम्पनीले जानकारी दिएको छ ।
३० लाख कित्ता संस्थापक सेयर, स्थानिय बासिन्दालाई बाँडफाँड गरिएको ५ लाख कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ३० हजार कित्ता शेयरको लक इन अवधि आजबाट खुल्न लागको हो ।
साझा अर्थ संवाददाता