पात्रो

रेडियो

समाचार खोजी

बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयर आजदेखि निष्काशन तथा बिक्री खुला

साझा अर्थ संवाददाता ३१ असार २०८२, मङ्गलवार

काठमाडौंः बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार ३१ गतेदेखि हकप्रद बिक्री खुला गरेको छ। कम्पनीले १ः१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको १०० प्रतिशत हकप्रद निष्काशन गरेको हो ।

कम्पनीले ५३  करोड ५८ लाख १५ हजार रुपैयाँको ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद शेयर निष्काशन गरेको छ। यस निष्काशनमा साउन १९ गतेसम्म आवेदन दिन सकिने छ।

कम्पनीले हकप्रद निष्काशनको लागि जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ २१ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन्। नेपाल धितोपत्र बोर्डले जेठ ६ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

शेयर निष्काशनको लागि आरबिबि मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ ।

109 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता