पात्रो

रेडियो

समाचार खोजी

जोशी हाइड्रोले साउन १५ देखि हकप्रद निष्काशन गर्ने

साझा अर्थ संवाददाता २९ असार २०८२, आइतवार

काठमाडौंः जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ देखि हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनी १ः०.६५ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ६५ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो।

कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँको २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
हकप्रदमा भदौ ४ गतेसम्म आवेदन दिन सकिने छ।

 कम्पनीले हकप्रद निष्काशनको लागि  असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार ५ गते बिहिबारसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन्।

शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक रहेको छ। नेपाल धितोपत्र बोर्डले जेठ २६ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

159 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु