पात्रो

रेडियो

समाचार खोजी

अपर सोलु हाइड्रोको लकइन सकियो

साझा अर्थ संवाददाता २९ असार २०८२, आइतवार

काठमाडौंः अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको लक इन पिरोड आजबाट समाप्त भएको छ । कुल कम्पनीको कुल १ करोड १५ लाख ८१ हजार ६५० कित्ता शेयरको लकइन आजबाट समाप्त भएको हो । 
कम्पनीको संस्थापक शेयर, आयोजना प्रभावति क्षेत्रका बासिन्दाकालागि बाँडफाँड गरिएको तथा कर्मचारीका लागि सुरक्षति गरिएको शेयरको लकिन पिरोड समाप्त भएको कम्पनीले जनाएको छ । 
सर्वसाधारणलाई निष्काशन गरी बाँडफाँड गरिएको मितिले ३ वर्ष समाप्त नभएसम्म संस्थापक शेयर धनीको, स्थानीय प्रभावित क्षेत्रका वासिन्दा लाई छुट्याइएको तथा कर्मचारीहरुलाई छुट्याइएको शयर लकइनमा राखिने ब्यवस्था छ । लकइन पीरोड समाप्त नभएसम्म यस्ता शेयर विक्री गर्न नपाइने कानुनी ब्यवस्था रहेको छ ।

115 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ