काठमाडौंः विकाश हाईड्रोपावरको आईपीओ बाँडफाँड गरिएको छ । आईपीओ आज बाँडफाँड गरिएको हो ।
शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीमा स्थित कार्यालयमा आइपीओ बाँड फाँड गरिएका शेयर विक्री प्रबन्धकले जानकारी दिएको छ ।
कम्पनीले गत असार १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका कुल २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ जारी गरेको थियो । आईपीओमा कुल २१ लाख ५० हजार ६७२ आवेदकबाट २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । आवेदकमध्ये २ लाख ९४ हजार २७६ जनालाई १० कित्ताका दरले २९ लाख ४२ हजार ७६० कित्ता सेयर बाँडफाँड गरिएको प्रभु क्यापीटलले जनाएको छ ।
साझा अर्थ संवाददाता