काठमाडौं : सन नेपाल लाइफ इन्सुरेन्स लिमिटेडको २ लाख २४ हजार ७२८ कित्ता शेयर लिलामी बिक्री खुला भएको छ । शेयर लिलामी आजबाट विक्री खुल्ला गरिएको हो ।
लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ प्रतिशेयरलाई आधार मानेर बोलपत्रमा सहभागि हुन सक्ने छन् ।
लिलामीमा संस्थापक समूहको ८० हजार २२२ र सर्वसाधारण समूहको १ लाख ४६ हजार ५०६ कित्ता सेयर राखिएको छ । संस्थापक समूहतर्फ न्यूनतम १ हजार तथा सर्वसाधारण समूहतर्फ १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लिलामीमा आवेदन दिने अन्तिम म्याद असार ३० गतेसम्म रहेको छ । शेयर विक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
साझा अर्थ संवाददाता