पात्रो

रेडियो

समाचार खोजी

पिपुल्स पावर लिमिटेडको हकप्रद शेयरमा आजबाट आवेदन दिन सकिने

साझा अर्थ संवाददाता २२ असार २०८२, आइतवार
काठमाडाै‌: पिपुल्स पावर लिमिटेडले आज असार २२ गतेदेखि हकप्रद बिक्री खुला गरेको छ। कम्पनीले १:०.५० को अनुपातमा हाल कायम चुक्ता पुंजीको ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो।
 
कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको छ। हकप्रदमा साउन ११ गतेसम्म आवेदन दिन सकिने छ।
 
कम्पनीले हकप्रद निष्काशनको लागि असार २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार १ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन्। नेपाल धितोपत्र बोर्डले जेठ २ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
172 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु