पात्रो

रेडियो

समाचार खोजी

नेपाल लाईफ ईन्स्योरेन्सले श्रावण ६ बाट हकप्रद शेयर निष्काशन गर्ने

साझा अर्थ संवाददाता २० असार २०८२, शुक्रवार

काठमाडौंः । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेबाट हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १०ः३.४७८ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । 
शेयर निष्काशन प्रयोजनाकालागि कम्पनी जेठ ३० गते नै बुकक्लोज गरिसकेको छ । जेठ २९ गते सम्म कारोवार गरी शेष्यर नी कायम भएकाहरुले मात्र शेयरमा आवेदन गर्न सक्नेछन् ।  प्रतिशेयर एक सय रुपैयाँका दरले कम्पनीले ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।  
हकप्रद शेयरमा श्रवण २६ गते सम्म आवेदन गर्न सकिने छ । एनआइएमबी एस क्यापिटलको लाजिम्पाट कार्यालय तथा पोखरा,विरगञ्ज, बुटवल र विराटनगर शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट तथा सीडीएससीको मेरो सेयरबाट अनलाइन शेयरमा आवेदन गर्न सकिने छ ।

128 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता