काठमाण्डौः तेह्रथुम पावर कम्पनीको हकप्रद शेयरमा आजबट आवेदन खुलेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत रु.१०० अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर कालागि आवेदन खुलाएको हो ।
जेठ ५ गते बुक क्लोज गरेको कम्पनीका जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु हकप्रद शेयर खरिदका गर्न सक्ने छन् । हकप्रदमा आवेदन दिनत साउन ४ गते सकिने छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
साझा अर्थ संवाददाता