काठमाडौंः अर्बिट ईनर्जी लिमिटेडले सर्वसाधारणकालागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीको असार आठ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठले शेयर निश्कासनकालागि आवश्यक निर्णय गर्न असार २५ गते विशेष साधारण सभा बोलाएको छ । विशेष साधारण सभाले हकप्रद शेयर जारी गर्ने तथा सर्वसाधारणकालागि आइपीओ जारी गर्ने निर्णय लिनेछ । विशेष साधारण सभा प्रयोजनकालागि असार २० गते कम्पनीले बुकक्लोज गर्ने जानाएको छ ।
साझा अर्थ संवाददाता