पात्रो

रेडियो

समाचार खोजी

राप्ती हाइड्रोको ३८ लाख कित्ता बढी शेयरको लकइन अवधि साउन ८ गते समाप्त हुने

साझा अर्थ संवाददाता ८ असार २०८२, आइतवार

काठमाडाै‌: राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको ३८ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८२ साउन ८ गते समाप्त हुने भएको छ।

कम्पनीको संस्थापकले धारण गरेको ३१ लाख ८६ हजार ५ सय २८ कित्ता , आयोजना प्रभावित स्थानीयको नाममा रहेको ५ लाख ७५ हजार १ सय ७० कित्ता र कम्पनीका कर्मचारीसँग रहेको ७० हजार ९ सय ८८ कित्ता गरि कुल ३८ लाख ३२ हजार ६ सय ८६ कित्ता शेयरको लकइन अवधि खुल्न लागेको हो।

सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म कम्पनीको संस्थापक, र कम्पनीका कर्मचारीले शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ। लकइन अवधि खुलेपछि भने संस्थापक, र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन्। कम्पनीका संचालकले भने शेयर बिक्री गर्न पाउने छैनन्।

185 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता