पात्रो

रेडियो

समाचार खोजी

टुरिजम इन्भेष्टमेन्ट फण्डले सर्वसाधारणमा आईपीओ निष्काशन गर्ने

साझा अर्थ संवाददाता ८ असार २०८२, आइतवार


काठमाडाै: टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित असार २८ गते साधारणसभा आह्वान गरेको छ।

कम्पनीले हाल जारी पुंजीको २०.५३ प्रतिशत शेयर निष्काशन गर्ने भएको हो। यस कम्पनीले पन्चासे केवलकार, बन्दीपुर केवलकार, बन्दीपुर स्काईवाक, सिद्ध गुफा रोपवे, बिजबजार लिमिटेड, बुद्धिमा चिम्केश्वेरी दर्शन लगायतमा लगानी गरेको छ।

कम्पनीको अध्यक्ष रामचन्द्र शर्मा हुन् भने अन्य संचालकमा दिपक गौतम, राधा ढकाल, सैलेश आचार्य, महेश कुमार सिग्देल, डा. नन्द श्रेष्ठ र बाबुराम अर्याल रहेका छन्।

184 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्