पात्रो

रेडियो

समाचार खोजी

जोशी हाइड्रोपावरको ६५ प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता ५ असार २०८२, बिहिवार

काठमाडाै‌: जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज असार ५ गते अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असार ८ गते, आइतबार बुकक्लोज गर्दैछ।

यस अनुसार कम्पनीको हकप्रद शेयरमा आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ। अर्थात कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ ६.५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ।

161 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता