पात्रो

रेडियो

समाचार खोजी

केदारनाथ जाँदै गरेको हेलिकप्टर दुर्घटना

साझा अर्थ संवाददाता १ असार २०८२, आइतवार

काठमाडौंः देहरादूनबाट केदारनाथ जाँदै गरेको एक हेलिकप्टर दुर्घटना भएको छ । आज विहान ५ः २० बजे गुप्तकाशी जाँदै गरेको हेलिकप्टर दुर्घटनामा परेको हो ।

देहरादूनबाट केदारनाथका लागि उडेको उक्त हेलिकप्टर त्रिजुगीनारायण र गौरिकुण्डको बीचमा सम्पर्कविहीन भएको थियो । हेलिकप्टरमा पाइलट सहित छ जना सवार थिए ।

हेटिकप्टर गौरिकुण्ड नजिक दुर्घटना ग्रस्त भएको उत्तराखण्ड सिभिल एभियसन डेभलपमेन्ट अथोरिटी  ले जानकारी दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । खोज तथा उद्धारका लागि एनडीआरएफ र एसडीआरएफ टोली खटाइएको छ ।

106 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता