काठमाडौंः जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले असार ८ गते बुकक्लोज गर्ने भएको छ । हकप्रद शेयर निश्कासन प्रयोजनकालागि कम्पनी सो दिन बुकक्लोज गर्ने भएको हो ।
कम्पनीले हाल चुक्ता पूँजिका आधारमा एक बराबर शुन्य दशमलब पैसट्ठी अनुपातमा हकप्रद शेयर निश्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरिसकेको छ । कम्पनीले २४ लाख १४ हजार एकसय कित्ता हकप्रद शेयर निष्काशन गर्दै छ । असार ५ गते विहिवार सम्म कायम भएका शेयरधनीरुले मात्र हकप्रद शेयरमा आवेदन गर्न पाउने छन् । हाल कम्पनी को चुक्ता पूँजि ३७ करोड १४ लाख रहेको छ । यसको ६५ प्रतिशतले हुन आउने रकम कम्पनीले हकप्रद शेयर निष्काशनमार्फत प्राप्त गरी शेयर पूँजिमा बृद्धी गर्ने छ ।
साझा अर्थ संवाददाता