पात्रो

रेडियो

समाचार खोजी

आजबाट हिमस्टार उर्जा लिमिटेडको आइपीओ खुल्ला

साझा अर्थ संवाददाता ३० जेठ २०८२, शुक्रवार

काठमाडौंः आजबाट हिमस्टार उर्जा लिमिटेडको आइपीओ खुल्ला गरिएको छ । आयेजना प्रभावित स्थानीय तथा बैदेशिक रोजगारीमा रहेकाहरुलाई आजबाट आइपीओ विक्री खुल्ला गरिएको हो । 
कुल जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट कम्पनीले अनुमती भएको छ ।  कुल सेयरमध्ये १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ८६ हजार ५ सय कित्ता सेयर आयोजना प्रभावित ओखलढुंगा र सोलुखुम्बुका स्थानीय बासिन्दाका लागि छुट्याइएको कम्पनीले जनाएको छ । 
सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ९३ लाख २५ हजार रुपैयाँ बराबरको ९३ हजार २५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको छुट्याइएको छ । आइपीओमा १० कित्ता देखि १० हजार कित्तासम्मकालागि आवेदन दिन सकिनेछ । स्थानीयले असार १३ गतेसम्म र आवश्यक परे असार २८ गतेसम्म आवदेन गर्न सक्ने छन् ।  वैदेशिक श्रमिकहरुले भने  असार १३ गते आइपीओमा आवेदन दिन सक्नेछन् ।

198 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता