पात्रो

रेडियो

समाचार खोजी

भारतसँग तनाव : पाकिस्तानको रक्षा बजेट २० प्रतिशतले बढ्यो

साझा अर्थ संवाददाता ३० जेठ २०८२, शुक्रवार

काठमाडाै‌ : पाकिस्तानले यस वर्षको सङ्घीय बजेटमा रक्षा खर्च २० प्रतिशतले बढाउने घोषणा गरेको छ। यो निर्णय भारतसँगको गत महिनाको तनावपूर्ण सङ्घर्षपछि आएको हो, जुन पछिल्ला दशककै हिंसात्मकमध्ये एक मानिएको छ।

मे महिनामा भएको चारदिन लामो द्वन्द्वमा दुवै आणविक शक्तिबीच भिडन्त हुँदा ७० जनाभन्दा बढीको ज्यान गएको थियो। त्यसपछि मात्र युद्धविराम घोषणा भएको थियो।

मङ्गलबार साँझ संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री मोहम्मद औरंगजेबले ६२ अर्ब अमेरिकी डलरको बजेट पेस गरे, जसको १४ प्रतिशत सैन्य खर्चका लागि छुट्याइएको छ। यो गत वर्षको २.१२ ट्रिलियन पाकिस्तानी रुपैयाँ (लगभग ७.५ अर्ब डलर) बाट बढेर २.५५ ट्रिलियन रुपैयाँ पुगेको छ।

यसअघि सरकारले सामाजिक सञ्जालमार्फत चीनबाट ४० नयाँ लडाकु विमान र हवाई सुरक्षा प्रणाली खरिदका लागि वार्ता भइरहेको जानकारी दिएको थियो।

सन् २०२३ मा पाकिस्तान आर्थिक सङ्कटको सँघारमा पुगेको थियो। राजनीतिक अस्थिरता र आर्थिक मन्दीले देशको ऋणभार निकै बढेको थियो। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट प्राप्त सात अर्ब डलरको राहतले देशलाई सङ्कटबाट जोगाएको थियो। त्यसयता मुद्रास्फीति केही घटेको र विदेशी मुद्रा सञ्चिति बढेको सङ्केत देखिएको छ।

126 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ