काठमाडौंः सान्भी इनर्जी लिमिटेडको साधारण शेयर (आईपीओ) बाँडफाँट गरिएको छ । आइपीओ बाँडफाँड सोमबार गरिएको हो ।
शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालय, ठमेल काठमाडौंमा आइपीओ बाँडफाँड सम्पनन्न भएको शेयर निश्काशन तथा विक्री प्रबन्धकले जनाएको छ ।
शेयरको माग अत्यधिक रहेकाले गोलाप्रथाबाट बाँडफाँट गरिएको हो । बाँडफाँटपछि कुल २ लाख ४१ हजार ५३० जना आवेदकले मात्र १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने १८ लाखभन्दा बढी आवेदक हात खाली रहेको छ । कम्पनीले जेठ ९ गतेदेखि १३ गतेसम्म प्रतिकित्ता रू. १०० अंकित मूल्यका २४ लाख १५ हजार ३०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।
साझा अर्थ संवाददाता