पात्रो

रेडियो

समाचार खोजी

४ हाइड्रोपावर कम्पनीकाे शेयरमा असारभित्र ‘लकइन’ अवधि सकिने

साझा अर्थ संवाददाता २७ जेठ २०८२, मङ्गलवार
काठमाडाै: असार महिनामा विभिन्न ४ वटा हाइड्रोपावर कम्पनीको स्थानीय तथा संस्थापक शेयरको ‘लकइन’ अवधि सकिने भएको छ।
 
लकइन अवधि सकिएको भोलिपल्टबाट यी शेयर साधारणसरह, उहीं मूल्यमा कारोबारमा आउँछन्। जसले गर्दा शेयर संख्या बढ्न गई मूल्य घट्ने जोखिम हुने भएकाले कम्पनीले एक महिना पहिले नै सार्वजनिक सूचनामार्फत जानकारी दिँदै आएका छन्।
 
विन्ध्यबासिनी हाइड्रोपावर, दोर्दीखोला जलविद्युत् कम्पनी, हिमालयन हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको असार महिनामा लकइन अवधि सकिन लागेको हो।
 
विन्ध्यबासिनी हाइड्रोपावरको संस्थापक, कर्मचारी र स्थानीय प्रभावितको गरी कुल ९६ लाख ७१ हजार ८८ कित्ता शेयरमा असार २ गते लकइन अवधि समाप्त हुने भएको छ।
 
त्यस्तै दोर्दीखोला जलविद्युत् कम्पनीको संस्थापक, स्थानीय प्रभवित र कर्मचारीको गरी कुल ८४ लाख १२ हजार ९६० कित्ता शेयरमा असार ७ गते लकइन अवधि सकिने भएको छ।
 
हिमालयन हाइड्रोपावर कम्पनीको संस्थापक, आयोजना प्रभावित र कर्मचारीको गरी कुल ९० लाख २१ हजार ११५ कित्ता शेयरमा असार २७ गते लकइन अवधि सकिँदैछ।
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको कुल १ करोड १५ लाख ८१ हजार ६५० कित्ता शेयरमा असार २९ गतेदेखि लकइन अवधि सकिने भएको छ।
216 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता