पात्रो

रेडियो

समाचार खोजी

निफ्राको डिबेञ्चर निष्कासन म्याद २५ जेठसम्म लम्बियो

साझा अर्थ संवाददाता २२ जेठ २०८२, बिहिवार

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले "६% निफ्रा हरित ऊर्जा डिबेञ्चर २०८८/८९" को सार्वजनिक निष्कासन अवधि २५ गते जेठसम्म लम्ब्याएको छ । डिबेञ्चर ७ वर्षे अवधिको हो र वार्षिक ६ प्रतिशत ब्याज दर रहेको छ ।

कुल ५० लाख इकाईमध्ये ३० लाख इकाई निजी राख्तमार्फत, २० लाख इकाई सर्वसाधारणका लागि र १ लाख इकाई म्युचुअल फण्डका लागि छुट्याइएको छ। निष्कासनबाट कूल ५ अर्ब रुपैयाँ संकलन गरिनेछ। सीडीएससीका अनुसार हालसम्म ४,७६३ जना आवेदकले २,५९,८५९ इकाईका लागि आवेदन दिएका छन्, जसको रकम २५ करोड ९८ लाख रुपैयाँ बराबर रहेको छ । डिबेञ्चर निष्कासनको व्यवस्थापन एनआईएमबी एस क्यापिटल लिमिटेडले गरेको छ। लगानीकर्ताले न्यूनतम २५ देखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

143 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता