पात्रो

रेडियो

समाचार खोजी

नेप्से १७.४४ अंकले बढेर २६९३ अंकमा

साझा अर्थ संवाददाता १४ जेठ २०८२, बुधवार

काठमाडौं । आज नेप्से १७.४४ अंकले बढेसँगै साढे ८ अर्ब भन्दा बढीको कारोबार भएको छ । नेप्से २६९३.०६ अंकमा उक्लिएको छ ।
 
समग्रमा बजार बढे पनि जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र अन्य समूह क्रमशः०.२४, ०.२६, ०.२६ र ०.०६ प्रतिशतले घटेका छन् । बाँकी अरु समूहमा भने हरियाली छाएको छ ।  आज ३२३ कम्पनीका २ करोड ७ लाख ५९ हजार ५ सय ४७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड ६० लाख ४ हजार ३ सय ३४।२५ रुपियाँ बराबरको कारोबार भएको छ । 

ओम मेगाश्री, ग्रीन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र भूगोल इनर्जीका लगानीकर्ताहरुले क्रमशः १०, ९.९९, ९.८५ र ९.१५ प्रतिशतले नाफा कमाएका छन् ।
 
त्यस्तै बाराही हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.२६ प्रतिशतले घाटा व्यहोरेका छन् ।  

164 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता